काठमाडौं / सत्ता बाहिर रहेका नेपाली कांग्रेस लगायत एघार दलका विद्यार्थी संगठनहरुले विप्लवलाई प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका छन् ।
आज अखिल क्रान्तिकारीको केन्द्रिय कार्यलय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले एउटा विज्ञप्ती जारी गर्दै सरकार नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै राजनीतिक विषयलाई राजनीतिक तवरबाट समाधान गर्न पनि आग्रह गरेका छन् ।
सरकारलाई द्वन्दको बाटोमा नजान पनि संयुक्त विद्यार्थी युनियनको आजको बैठकले सुझाव दिएको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका सचीव अनुराग शाहले जानकारी दिए।
विज्ञप्तिमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु पाचौं, नयाँ शक्ति विद्यार्थी युनियन, समाजबादी विद्यार्थी फोरम नेपाल, अखिल नेपाल विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, राष्ट्रवादी विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघका नेताहरू क्रमश ऋषिकेश जंग शाह, आलोक रायमाझी, घनश्याम मिश्र, श्यामबाबु गौतम, चिरञ्जीवी ढकाल, बिवेक राई, हरिकृष्ण गजुरेल, प्रबिन मिश्र, दुजाङ शेर्पा, तारा प्रसाद अर्याल र चिरञ्जीवी यादवको हस्ताक्षर छ।
विज्ञप्ति जारी गरेर सार्वजनिक गर्दै नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाली राजनीतिको क्षितिजमा कालो बादल मडारीएको भन्दै विकास र समृद्धिको नारा दीएर लक्ष प्राप्तिमा अससफल भएपछि नेपाल कम्युनिस्ट पार्टीको सरकारले विप्लव माओवादीले केपी र प्रचण्डको हत्या गर्ने योजना बनाएको छ भन्ने हल्ला फैलाउदै विप्लवमाथि प्रतिबन्ध लगाएर उसलाई जबरजस्ती युद्धमा धकेल्ने अनि मुलुकमा सेना परिचालन गर्दै संकटकाल घोषणा गरेर सम्पूर्ण प्रतिपक्षीहरूलाई दमन गर्दै अधिनायकबाद लादने गम्भीर षडयन्त्रमा ओली सरकार लागेको आरोप लगाउनु भएको छ।


















