डडेल्धुरा / डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ गयलखेतमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
डोटीको दिपायलबाट कैलाली धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको माइक्रो बस केआइसिं राजमार्ग अन्तरगत गुयलखेतमा दुर्घटना भएको हो । दुर्घटनाका घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ ।
गम्भीर घाइते भएका दुई जनालाई भने मेडिकल कलेज कोहलपुर लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी डम्बरबहादुर केसीले जानकारी दिए ।
प्रहरीका अनुसार यात्रु भर्न रोकेको माइक्रो सडकबाट ५० मिटर तल खसेको हो ।


















