युरोपेली मुलुक स्पेन अनौठा पर्वहरूका लागि प्रसिद्ध मानिन्छ । कहिले गोरु जुधाउने त कहिले गोलभेँडाको युद्ध । स्पेनमा अर्को अनौठो पर्व पनि मानिन्छ, जसलाई बेबी जम्पिङ्ग फेस्टिबल भनिन्छ । यो पर्वमा भुइँमा सुताइएका बच्चाहरूमाथि हाइजम्प जस्तै गरी उफ्रिएर नाघिन्छ ।
यस पर्वमा नवजात शिशुहरूलाई भुइँमा सुताइन्छ । अनि विशेष पहिरन लगाएका पुरुषहरू ती बच्चामाथि उफ्रिएर नाघ्दै दौडिन्छन् । त्यसरी उफ्रिने पुरुषहरूलाई राक्षसको प्रतिक मानिन्छ । यसरी नाघिएका बच्चाहरू राक्षसी शक्तिबाट सुरक्षित हुने विश्वास छ । १७ औँ सताब्दीबाट यो पर्व मनाउन थालिएको हो ।
स्पेनको बुर्गोस प्रान्तस्थित क्यास्ट्रिोलोमा मनाइने यो क्याथोलिक पर्वको स्थानीय नाम एल कोलाचो हो । बच्चा जन्मिएको एक वर्ष्भित्रमा यस्तो कार्य गर्नुपर्ने मान्यता रहेको छ ।


















