काठमाडौं / काठमाडौं जिल्लामा १० स्थानमा वम विस्फोट भनि अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी गलत समाचार लेखेको अभियोगमा अनलाईन आवाज डटकमका सहसम्पादक गौरव खनाललाई प्रहरीले पक्राउ गरेको थाहा भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरी साईवर अपराध अन्तर्गत कारवाहीका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।


















