काठमाडौं / नेपाली सेनाले विगत केही दिनदेखि आधिकारीक श्रोतले दिएको औपचारिक सूचना बाहेक पनि विभिन्न सैनिक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेना सम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली सेनाले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको हो । नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग रहेको साथै सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदै नेपाली सेनाले विज्ञप्तीमा उल्लेख गरेको छ ।
वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्व निर्धा्रित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ । – विज्ञप्तीमा भनिएको छ ।

















