देशमा अशान्ति र बितण्डाको युग समाप्त भयो : प्रधानमन्त्री ओली

243

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा बिखण्डन र अशान्तिको समस्या नरहेको जनाउँदै देशमा अशान्ति र बितण्डाको युग समाप्त भएको जनाएका छन्।

दुई ठुला आयोजनाको शुभारम्भ गर्न शुक्रबार रुपन्देही आएका प्रधानमन्त्री ओलीले  देश सुशासन र विकासतर्फ अगाडि बढेको दावी गरे।

प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ ४ लेन सडक शिलान्यास तथा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको शुभारम्भ गरेका थिए।

प्रधानमन्त्री ओलीले विस २०७५/८० लाई सडक युग र २०८० देखि ०८५ लाई सुरुङ युगको रुपमा विकासमा छलाङ मार्ने योजना सुनाए। कोदालाले खनेर सडक र सुरुङ्ग निर्माण गर्न सक्ने क्षमता र शक्ति नेपालीसँग रहेको प्रधानमन्त्रीको भनाइ थियो।

यसअघिको सरकारले कुनै काम गर्न नसकेको र बर्तमान सरकारका कामप्रति अहिले रोइलो गरिरहेको दावी गर्दै ओलीले भने, ‘मलुकमा दिगो शान्ति र चौतर्फी विकासको लहर चलेको कसैकसैलाई सैह्य भएको छैन।’ मुलुकमा चौतर्फी विकासको लहर चलेको दावी गर्दै उनले डरत्रासबाट मुक्त वातावरण निर्माण गर्न सरकार कटिबद्ध भएर लागेको बताए। मुलुकमा एकै बर्षमा  विकास र समृद्धिको लहर ल्याउन सफल भएको दावी गर्दै ओलीले काम नगर्नेहरु कुना पसेर कुरा काटिरहे पनि सरकारले आफनो रफ्तार पक्रिसकेको दावी गरे। ‘सरकार समृद्ध राष्ट्र निर्माणमा रफ्तारले अगाडि बढेको छ। कसैले रोइकराई गर्दैमा यो रोकिँदैन’, उनले भने।

नेपाल मगन्तेहरुको देश नभएको भन्दै उनले आफ्नै प्राकृतिक श्रोत साधनको सदुपयोग गरेर समृद्ध बन्ने बताए। फलाम, खनिज, सुनजस्ता खानीहरु प्रशस्त भएकाले समृद्ध राष्ट्र बनाउन सकिने तर्क गरे।


बैदेशिक लगानी आउँदैन भनेर केही व्यक्तिले हल्ला चलाइरहेको भन्दै ओलीले असल छिमेकीले  सहयोग गरे लिने नभए नेपालीकै पौरखले ५ बर्षमा समृद्धिको छलाङ मार्ने दृढता व्यक्त गरे। नेपाल मगन्तेहरुको देश नभएको भन्दै उनले आफ्नै प्राकृतिक श्रोत साधनको सदुपयोग गरेर समृद्ध बन्ने बताए। फलाम, खनिज, सुनजस्ता खानीहरु प्रशस्त भएकाले समृद्ध राष्ट्र बनाउन सकिने तर्क गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here