काठमाडौं / खादा प्रयोगबारे गलत प्रचार भएको र यसको प्रयोगमा प्रतिबन्द लगाउन खोजिएको भन्दै बौद्ध धर्मावलम्बीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । बौद्ध धर्मावलम्बीहरुले भीक्षुसहित माइतिघरमा आज विरोध प्रदर्शन गरेका थिए ।
उनीहरुले ढाकाको गलबन्दीलाई खादा भनेर वौद्ध संस्कृतिमाथि अनास्था फैलाउन खोजेको आरोप समेत लगाएका थिए ।