मुलुकी संहिता संशोधन गर्ने विधेयक पारित

203

 काठमाडौं / प्रतिनिधिसभाको आइतबार बसेको  बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव राख्नुभएको थियो ।

विधेयकमाथिको छलफलका क्रममा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री ढकालले जनताको दैनिकीसँग जोडिएका कानूनमा भएका जटिलता फुकाउन सरकार सधैँ सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

छलफलमा प्रेम सुवाल, पुष्पा भुसाल, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here