वैशाख अन्तिमबाट तुलसीपुर वसपार्क सञ्चालनमा आउने

154

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक वसपार्क वैशाख अन्तिम साताबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । नगर विकास कोषको ऋण सहयोगमा करिव ९ करोडमा निर्माण गरिएको वसपार्कको सम्पूर्ण पूर्वाधार तयार भएर सञ्चालनमा आउन लागेको निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सनका विजय वोगटीले जानकारी दिए । उनले भवनको रङ लगाउने र मार्वल विछ्याउने काम बाँकी रहेकाले तिव्रताका साथमा काम भइरहेको जनाए ।

२०७४ वैशाखमा ठेक्का भएको वसपार्क निर्माणका लागि जग्गाको विवाद भएपछि निर्माण अवरुद्ध भएको थियो । जनप्रतिनिधिहरु आएपछि समस्या समाधानसँगै निर्माणको काम निकै तिव्र रुपमा अगाडि वढेको इन्जिनियर पवन योगीले जानकारी दिए । नगरप्रमुख घनश्याम पाण्डेले चुनावी एजेण्डाका रुपमा लिएको वसपार्क निर्माणमा आफु सफल भएको जनाए । ‘तुलसीपुर विस्तारै व्यवस्थित हँुदै जानेछ ’ नगरप्रमुख पाण्डेले जनाए । निरिक्षणका क्रममा उनले ठेकेदारलाई निर्माणमा ढिलाइ नगर्न आग्रह समेत गरेका छन् ।तुुलसीपुरलाई व्यवस्थित वनाउनका लागि निर्माण गरिएको वसपार्क साढे ५ विगाहा क्षेत्रफलमा फैलिएको छ । वसपार्कमा करिव ३ सय गाडी अटाउने क्षमता रहेको पनि इन्जिनियर योगीले जानकारी दिए । आधुनिक यात्रु प्रतिक्षालयसँगै, भवन, शौचालय, पार्क र सडक निर्माण गरिएको उनले जानकारी दिए ।

वसपार्कभित्र ५२ वटा व्यावसायिक टहराका साथै टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतका रहेन वताईको छ । वसपार्कमा स्तनपान कक्षका साथै सेन्सरयुक्त ढोका समेत राखिने वताइएको छ । आवश्यक क्षेत्रफल वढाउनका लािग उपमहानगरपालिकाले नमुना अटो भिलेज समेत निर्माण गरेको छ । निर्माणको लागि असारसम्म म्याद भएपनि वैशाख अन्तिम साता निर्माण सम्पन्न गरेर हन्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।आधुनिक वसपार्क सञ्चालन हुने कुराले यातायात व्यवसायीहरुमा उत्साह पलाएको छ । ‘हाम्रा गाडी अव सुरक्षित हुने भए’ राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले वताए । उनले गाडी जथाभावि राख्नुपर्ने वाध्यताको अन्त्य हुने समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here