बिना मगर विरुद्ध रञ्जु दर्शनाको उजुरी

300

काठमाडौं / विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।

मंगलबार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएका छन् उक्त उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको छ ।

खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरवाहीका कारण मेलम्ची आयोजना पूरा नभएको विवेकशील नेपाली दलको ठहर छ ।

मेलम्ची प्रकरणमा विवादहरू आउन थालेपछि केही समयअघि उनले सचिव गजेन्द्र ठाकुरको सरुवा गरेकी थिइन् । मेलम्चीका विषयमा विभिन्न मिडियामा भ्रष्टाचार, कमिशनका तथ्य सार्वजनिक हुँदा पनि छानबिन भएको छैन । यसै विषयमा संसदको अर्थ समिति र संसदमा पनि मन्त्रि बिना मगर माथि प्रश्न उठाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here