एजेन्सी / स्काइट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्डका अनुसार विश्वकै उत्कृष्ट एयरपोर्ट हुनका निम्ति सुधारका साथै निरन्तर प्रयास, केही नयाँ गर्ने जोश र जाँगर हुनु आवश्यक छ । सन् २०१९ मा लगातार सातौं पटक, सिंगापुरको चाङ्गी एयरपोर्ट विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्ट बन्न सफलता हासिल भएको छ । सात वर्षसम्म ‘लगातार विश्वकैसबैभन्दा उत्कृष्ट एयरपोर्टको रुपमा सूचीकृत हुनु चाङ्गी एयरपोर्टका लागि निकै ठूलो उपलब्धि हो । यस एयरपोर्ट अन्तरराष्ट्रिय हवाई यात्रुमाझ निकै चर्चित भएकाले यो अवार्डको लगातार हकदार भइरहेको छ,’ स्काईट्र्याक्सका कार्यकारी अधिकारी एड्वार्ड प्लेस्टेडले जनाउनु भयो । पुरस्कार बुधबार आयोजित प्यासेन्जर टर्मिनल एक्सपो २०१९ मा घोषणा गरिएको थियो ।
बेस्ट अफ द बेस्टः
विश्वमै सिंगापुरको चाङ्गी एयरपोर्ट आफ्नो रुफटप स्विमिङ पूल, दुईवटा २४ घण्टे फिल्म हल र सपिङ स्पटका लागि चर्चित भएको छ ।
दोस्रो स्थानमा टोकियो अन्तरराष्ट्रिय विमानस्थल (हानेदा) परेको छ । गत वर्षको तुलनामा यो एक स्थान माथि उक्लेको हो । यो एयरपोर्टले विश्वकै उत्कृष्ट आन्तरिक विमानस्थल तथा सफा एयरपोर्टको उपाधि जित्न सफल भयो । यस्तै, इन्चन इन्टरनेशल एयरपोर्ट तेस्रो स्थानमा परेको छ । गत वर्षको तुलनामा यो एक स्थान तल खस्केको छ ।
सन् २०१९ का लागि उत्कृष्ट एयरपोर्ट यसप्रकारका छन्ः
१. सिंगापुर चाङ्गी एयरपोर्ट ––सिंगापुर
२. टोकियो इन्टरनेशनल एयरपोर्ट –– टोकियो, जापान
३. इन्चन इन्टरनेशनल एयरपोर्ट–– सियोल, दक्षिण कोरिया
४. हमाद इन्टरनेशनल एयरपोर्ट –– दोहा, कतार
५. हंगकंग इन्टरनेशनल एयरपोर्ट –– हंगकंग
६. सेन्ट्रल जापान इन्टरनेशनल एयरपोर्ट –– बे अफ इस, जापान
७. म्युनिच एयरपोर्ट – म्युनिच, जर्मनी
८. लण्डन हिथ्रो एयरपोर्ट –– लण्डन, यूके
९. नरिता इन्टरनेशनल एयरपोर्ट –– टोकियो, जापान
१०. ज्यूरिच एयरपोर्ट –– ज्यूरिच, स्विटजरल्याण्ड

















