विप्लव नेकपालाई सहयोग गरेकोकाे आरोपमा शिक्षक पक्राउ

85

बुटवल / बुटवल विप्लव नेकपालाई सहयोग गरेको आरोपमा एकजना शिक्षकलाई एसईई परिक्षा हलबाटै प्रहरीले पक्राउ गरेको छ । विप्लव नेकपाका कार्यकर्ता खोजीको क्रममा प्रहरीले आज कपिलवस्तु अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामनिवास चौहानलाई पक्राउ गरेको थियो ।

चौहानलाई एसईई परीक्षामा अनुगमनमा खटिएको बेला प्रहरीले पक्राउ गरेको संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले जानकारी दिए । राज्यविप्लव गर्न लागको आरोपमा सरकारले ठाउँ ठाउँबाट विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ पगरिरहेको छ । यसैक्रममा शिक्षक संगठनका जिल्ला अध्यक्षहरु पनि पक्राउ पर्न थालेका छन् । रुपन्देही प्रहरीले अस्ति अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यलाई पक्राउ गरी हिजो अदातलमा मुद्धा दायर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here