काठमाडौं / नेपाल पत्रकार महासङ्घले आफ्नो ६४औँ स्थापना दिवसरका अवसरमा पूर्वपदाधिकारी र उत्कृष्ट शाखालाई सम्मान गरेको छ ।
स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महासंघका केन्द्रीय पूर्वपदाधिकारीहरु राधा बुढाथोकी उपसभापति, चित्राङ्ग थापा उपसभापति, चन्द्र भण्डारी महासचिव, कर्णदेव भट्ट उपसभापति, ईश्वरचन्द्र गौतम उपसभापति, हेमन्त कर्माचार्य उपसभापति र तेजबहादुर भण्डारी उपसभापतिलाई सम्मान गर्नुभयो ।
त्यसैगरी महासङ्घले यज्ञ शर्मा उपसभापति, गोपाल बुढाथोकी उपसभापति, उमिद बागचन्द उपसभापति, सञ्जय सन्तोषी राई उपसभापति, कृष्णप्रसाद बस्याल राकेश उपसभापति, डीआर पन्त उपसभापति, गङ्गाधर पराजुली उपसभापति, पोषण केसी महासचिव, यशोदा तिम्सिना उपाध्यक्ष, ओम शर्मा महासचिव, खिलबहादुर भण्डारी उपाध्यक्ष, अनिता बिन्दु उपाध्यक्ष र उजिर मगर महासचिव पनि सम्मान गरेको छ ।
तत्कालीन पत्रकार सङ्घलाई महासङ्घमा रुपान्तरण गर्न र महासङ्घलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेकामा कास्की शाखालाई सम्मान गरिएको छ ।
सोही अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले लोतन्त्रलाई बचाइराख्न न्यायपालिका र पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभयो । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घ सधैँभरि श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको जनाउनुभयो ।
महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र र पूर्वसभापति हरिहर विरहीले नेपालको पत्रकारिता क्षेत्र समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । महासङ्घका पूर्वउपाध्यक्ष राधा बुढाथोकी र महासङ्घका पूर्वमहासचिव चन्द्र भण्डारीले पत्रकारितालाई जिम्मेजार तथा मर्यादित बनाउन आग्रह गर्नुभयो ।
















