सर्वोच्चका लागि पाँच , उच्च अदालतमा १८ न्यायाधीश सिफारिस

207

 काठमाडौं / न्यायपरिषदको मंगलबार बसको बैठकले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्तिका लागि सिफारीस गर्ने निर्णय गरेको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार सर्वोच्चको रिक्त पाँच न्यायाधीशमा पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना, सुर्खेत उच्च अदालतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, बरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ता हरिप्रसाद फुँयाल र अधिवक्ता डा मनोजकुमार शर्मा रहेका छन् ।

बैठकले उच्च अदालतको न्यायाधीशमा १८ जनालाई नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ । सिफारिस हुनेमा विशिष्ठ श्रेणीका किरण शर्मा, महेन्द्रनाथ उपाध्याय र रमेश ढकाल रहेका छन् । शर्मा नायव माहान्यायधिवक्ता, उपाध्याय सर्वोच्चका रजिष्ट्रार, ढकाल सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव हुन् ।

परिषद् बैठकले एकजना साविक पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीशलाई उच्च अदालतको न्यायाशीधका लागि सिफारिस गरेको छ ।

त्यसैगरी उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेलको अवकाशपछि रिक्त पदका लागि अधिवक्ता अन्जु उप्रेती ढकाललाई नियुक्ति सिफारिस गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here