सिटिजन लाइफको ६३ औं शाखा सिन्धुपाल्चोकमा

225

काठमाडौं / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६३ औं शाखा सिन्धुपाल्चोकको मेलम्चीमा संचालनमा ल्याएको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नयाँ शाखाको उद्घाटन गरेका थिए ।

स्थानिय बासिन्दाहरुलाई बिमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बिमाशुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ । २०७४ कार्तिकदेखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सकको हाल नेपालभर ६३ वटा शाखा कार्यालयहरु संचालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here