अल्जेरियाका राष्ट्रपति कार्याकाल अन्त्य

113

एजेन्सी / अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्य भए पश्चात अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामा गरेपछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उत्तर अफ्रिकी यस देशमा केही हप्तायता राष्ट्रपतिको राजिनामा माग गर्दै व्यापक रुपमा प्रदर्शनी गरेका । त्यसपछि राष्ट्रपतिले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिनुभएको सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको थियो ।

बुढ्यौलीका कारण अशक्त भएका राष्ट्रपतिको घोषणालगत्तै सडकमा मानिसहरु भेला भएर हिजै खुशीयाली मनाएका थिए । अल्जेरियाको राजधानी अल्जियर्स्का मुख्य चोक र सडकमा मानिसहरु देशको झण्डासहित ठूलो संख्यामा भेला भएका थिए । कैयौँ अल्जेरियाली नागरिकले बोतेफ्लि बाहेक अन्य कुनै राष्ट्रिपतिको रुपमा चिनेका नै छैनन् । करिब दुई दशकदेखि शक्तिमा रहेका राष्ट्रपति सन् २०१३ मा हृदयघात भएपछि विरलै मात्र सार्वजनिक कार्यक्रममा देखिने गरेका थिए ।

टेलिभिजन फुटेजमा राष्ट्रपति बोतेफ्लिकाले आफ्नो राजीनामा संवैधानिक परिषदका प्रमुख तायिब बेलाइजलाई बुझाएको देखाइएको थियो । राजीनामा गर्नुपर्ने माग गर्दै केही समयदेखि देशव्यापी विरोध प्रदर्शन समेत भएका छन् । देशव्यापी प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिका विश्वासपात्र उच्च पदस्थ व्यक्तिहरुले समेत राजीनामा दिएका थिए । विगत २० वर्षदेखि अल्जेरियाको राष्ट्रपति रहेका बोतेफ्लिलाई सन् २०१३ मा हृदयाघात समेत भएको थियो ।

राष्ट्रपति बोतेफ्लिे गत फेब्रुअरीमा आफू पुनः राष्ट्रपतिमा उठ्न सक्ने बताएपछि राष्ट्रव्यापी प्रदर्शन तीव्र बन्दै गएको थियो । अशक्तताका कारण सार्वजनिक समारोहमा समेत उपस्थित हुन छाड्नु भएका ८२ वर्षीय राष्ट्रपति अब्देलाजीजको यो चौथो कार्यकालमा रहेका थिए ।

राष्ट्रपतिले गत महिना राष्ट्रपतिमा उम्मेदवार नहुने घोषणा गर्नुभएको भए तापनि यसै अप्रिलका लागि तयारी गरिएको राष्ट्रपतिको चुनाव एकाएक स्थगित गरेपछि सर्वसाधारणको आक्रोस बढेको थियो । गत मङ्गलबार अल्जेरियाका सेनाप्रमुख जनरल अहमद सलाहले राष्ट्रपति स्वयंले राजीनामा गर्नुपर्ने अथवा संसदले राष्ट्रपतिलाई संविधान बमोजिम विस्थापित गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । सेनाप्रमुख सलाहलाई सन् २००४ मा राष्ट्रपति बोतेफ्लिले नै नियुक्त गरेका थिए । गत बुधबार हालै मात्र हटाइएका प्रधानमन्त्री अहमद औहाइयाले पनि राष्ट्रपतिको राजीनामा माग गरेका थिए ।

अल्जेरियाको संविधानअनुसार राष्ट्रपतिले राजीनामा बुझाएको अवस्थामा राष्ट्रियसभाका सभामुखले अन्तरिम राष्ट्रपतिका रुपमा कार्य गर्न सक्नेछन् । अन्तरिम राष्ट्रपतिले ९० दिनभित्र राष्ट्रपतिको चुनाव गराउनुपर्ने प्रावधान यहाँको संविधानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here