सबै सरकारी निकायलाई प्रधानमन्त्री ओलीको कडा चेतावनी

392
प्रधानमन्त्री ओली

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुन नदिन सबै निकायलाई पारदर्शी ढंगले काम गर्न कडा निर्देशन दिएका छन्।

आइतबार सिंहदरबारमा बसेको गरिवी निवारण कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै सरकारी निकायलाई परिणाम देखिने गरी काम गर्न सचेत समेत गराए।

कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य नहुने चेतावनी दिँदै गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्रै गरिवी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने जनाएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए।

गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन्। उनीहरुको संचालन र त्यसमा रहेको कोषको परिचालन पनि स्थानीय तहले नै गर्ने कोषले निर्णय लिएको गरिवी निवारण कोषले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here