नेपालगन्ज रंगशालाको भीआईपी प्याराफिटको छाना हाल्ने

204

काठमाडौं / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भीआइपी प्यारापिटको छानो लगाउने काम आज आइतबारबाट सुरु गरेको छ । दुई दिनभित्र छानो लगाउने काम सकिने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिएका छन् । भीआईपी प्याराफिटको निर्माण धमाधम भइरहेको छ । प्याराफिट चीनबाट आधुनिक सामग्री ल्याएर जडान गर्ने बताएका छन् । यता, मैदानमा लगाइएको बरमुडा दुबो पनि हरियाली भएको छ । फुटबल खेलका लागि दुबोसहित तयार पारिएको मैदान आजैदेखि मिलोउने काम भइरहेको छ ।

प्रतियोगिता नजिकिदै गर्दा निर्माण कार्यहरु पनि अन्तिम चरणमा पुगेको छ । अध्यक्ष ओलीले भने, ‘नेपालगन्ज रंगशालाका विभिन्न स्थानमा रुख, विरुवा रोप्ने काम भइरहेको छ । रंगशाला भित्र र बाहिर सरसफाईलाई पनि तीव्रता दिइएको छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वैशाखमा उद्घाटन गर्ने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन भने ११ गते प्रधानमन्त्री केपी ओलीले गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here