ग्लोबल नेपाल नेटवर्कद्धारा बारा जिल्लामा राहत सामग्री वितरण

161

काठमाडौं / काठमाडौं र ग्लोबल नेपाल नेटवर्क संस्थाद्धारा बारा जिल्लाको चैनपुरको बिर्तामा हावा हुरीबाट पिडीत स्थानीयबासीहरुलाई ५०० थान झूल वितरण गरेको छ । यस संस्थाका काठमाडौंमा रहेको शुभ चिन्तक उक्त गाउँमा पुगी झूल वितरण गरेको हो ।

उक्त राहत सामग्री झुल व्यवस्थापन गर्न ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्य तथा जनक राज शाक्यले आर्थिक सहयोग गर्नु भएको थियो । जापानमा रहनु भएका नेटवर्कका संयोजक सुनिलकुमार शाक्यले ‘मानवीय भावना राखी यसरी झूल वितरण गरिएको  हौं । आफु मानवीय सेवामा सदा अग्रसर रहने बताउनु भयो ।

उनले उनले थपिन, हाम्रो देश अहिले प्राकृतिक प्रकोपका कारण नेपाली दाजुभाईहरु दुखः परेको बेलामा मलम लगाउनु सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरु कर्तव्यहरुको भएकाले  सामाजिक कार्यमा एक जुट भई लाग्नु पर्ने बताउनु भयो ।

ग्लोबल नेपाल नेटवर्क विश्व भरिका नेपालीहरुको तर्पmबाट आर्थिक रकम संकलन गर्दै नेपालमा विविध मानवीय तथा सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here