इन्डोनेसियासित प्रतिस्थाको नेपाल लागि खेल्ने

109

ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्था निम्ति खेल्ने भएको छ ।

बहतु रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल जितको खोजिमा हुनेछ । छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपाललाई भाग्यले साथ न नदिदा पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा भारतसँग हार ब्यहोरेको थियो । नेपाली महिला फुटबल टिमले पहिलोपटक इन्डोनेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल मात्रै होइन, इन्डोनेसिया पनि छनोट चरणको दुई खेलमा हार ब्यहोर्दै बाहिरिसकेको छ ।

तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो, इन्डोनेसिया । किनभने इन्डोनेसिया आफ्नो पहिलो खेलमा भारतसँग २–० गोलले पराजित भएको छ भने दोस्रो खेलमा म्यानमारसँग ६–० गोलको हार ब्यहोरेको छ । नेपाल भने आफ्नो पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा पनि भारतसँग ३–१ गोलअन्तरले नै पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here