वेस्ट इण्डिजका चन्द्रपालले टी-२० मा नयाँ कीर्तिमान बनाए

82

वेस्ट इण्डिजका पूर्वराष्ट्रिय ब्याटसम्यान शिवनारायण चन्द्रपालले टी-२० क्रिकेटमा दोहोरो शतक हान्दै नयाँ कीर्तिमान बनाउन सफल भयो । उनले इण्डिजको एक घरेलु प्रतिष्पर्धामा यो कीर्तिमान कायम गरेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका ४४ वर्षे चन्द्रपालले मात्र ७६ बलमा दोहोरो शतक बनाएका हुन्।

यसक्रममा उनले २५ चौका र १३ छक्का प्रहार गर्दै २१० रन बनाएका थिए । उनले डायन स्मिथसँग पारीको सुरूवात गरेका थिए। स्मीथले पनि २९ बलमा ५४ रनको पारी खेले। यस क्रममा उनले ८ चौका र २ छक्का प्रहार गरे। अप्रिल २ मा खेलिएको यस म्याचमा चन्द्रपालको टोली १९२ रनले विजयी भएको थियो। उनको टोलीले कुल ३०३ रन बनाएको थियो।
उनले दोहोरो शतक प्रहार गरे पनि यो घरेलु प्रतिष्पर्धा भएकाले क्रिकेटको रेकर्डमा भने औपचारिक रूपमा अंकित भने हुनेछैन। उनले ३ वर्ष पहिले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here