विश्वका यस्ता ७ देश, जहाँ आयकर तिर्नु पर्दैन

223

नेपालमा नागरिकहरुले आफ्नो आयमा निश्चित कर सरकारलाई तिर्नु पर्ने नियम रहेको छ । जति धेरै पैसा कमाइयो उति नै धेरै आयकर सरकारलाई तिर्नु पर्छ । विश्वका केही देशहरु छन् जहाँका नागरिकले चाहे जति नै धेरै आम्दानी गरुन् आयकर तिर्नु पर्दैन ।

ती मध्ये सातवटा देश यी हुन्ः

  • उत्तर अमेरिका महादेशको क्यारेबियन क्षेत्रमा पर्ने बहमास नामक देशमा जनताले आयकर तिर्नु पर्दैन । यद्यपि सबै कर्मचारी, कामदार तथा स्वरोजगारहरुले आफ्नो तलबबाट राष्ट्रिय विमाको प्रिमियम बापत रकम कट्टी गर्नुपर्दछ ।
  • खाडी मुलुक ओमान एक तेल उत्पादक देश हो । ओमानमा पनि नागरिकहरुले आयकर तिर्नु पर्दैन । यद्यपि त्यहाँ व्यवसायिक कर भने १२ देखि १५ प्रतिशत सम्म रहेको छ ।
  • साउदी अरबमा पनि मानिसहरुको आम्दानीमा आयकर लाग्दैन । यद्यपि आफ्नै व्यवसाय गर्ने विदेशीहरुले चाहीँ २० प्रतिशत कर तिर्नु पर्दछ । त्यसबाहेक त्यहाँ कुनैपनि व्यक्तिले अरु कुनै किसिमको कर तिर्नु पर्दैन ।
  •  उत्तरी आन्ध्र महासागरस्थित बर्मुडामा पनि आयकर तिर्नु पर्दैन । यद्यपि त्यहाँ पे रोल कर हुन्छ, जुन कर्मचारीको तलबबाट काटिन्छ ।
  • अरब मुलुक कतारमा पनि आयकरको प्रावधान छैन । यतिमात्र होइन कुनैपनि व्यक्ति वा कर्मचारीमाथि आयकर, लाभांस कर, पुँजीगत लाभकर तथा धनसम्पत्ति हस्तान्रणमा काम लाग्दैन ।
  • ब्रुनाईमा पनि नागरिकहरुले कुनै आयकर तिर्नु पर्दैन । त्यहाँ केवल एउटा कर्मचारी कल्याण कोष तथा योगदानमा आधारित पेन्सनका लागि मानिसहरुले आफ्नो आम्दानीको केही हिस्सा जम्मा गर्नुपर्दछ ।
  • कुबेतमा पनि आयकरको प्रावधान छैन । यद्यपि मानिसहरुले सामाजिक विमामा भने आफ्नो आम्दानीको केही हिस्सा योगदान गरेका हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here