आजका बालबालिकाहरुको समय प्रायः भिडियो गेम खेल्न निकै मन पराउँदछन् । कतिपय बालबालिकाहरु पढ्ने, लेख्न भन्दा पनि भिडियो गेम खेल्न बानी कारण अभिभावकहरु वाक्क दिक्क बनेका छन् । तर अमेरिकामा एकजना १४ वर्षका बालकको भिडियो गेम खेल्ने बानीका कारण आमाबुवालाई मालामाल बनाइदिएको छ । ती बालकले धेरै भिडियो गेम खेल्दा उनका आमाबुवाले गाली होइन स्याबासी दिएका छन् । ती बालकले भिडियो गेम खेलेर मात्रै एक वर्षमा झण्डै सवा २ करोड रुपैयाँ बराबरको रकम आम्दानी गर्छ ।
ती बालकको नाम नाम ग्रिफिन स्पिकोस्की हो । न्यूयोर्कमा बस्दैआएका ती बालकलाई भिडियो गेम खेल्न निकै मन पर्दछ । उनी हरेक दिन १८ घण्टासम्म फोर्टनाइट भिडियो गेम खेल्दछन् । साथै उनले आफ्नो भिडियोलाई आफ्नो युट्युब च्यानल स्केपटिकमा पनि अपलोड गर्दछन् । युट्युबमा उनले अपलोड गर्ने भिडियोबाटै उनले प्रसस्तै रकम कमाउने गरेका छन् । उनको युट्युबम च्यानलमा १२ लाख सब्सक्राइबर छन् । उनका भिडियोमा ७ करोड १० लाख भ्यूज पुगिसके ।
ग्रिफिनका आमाबुवाका अनुसार उनको ध्यान सधै भिडियो गेममै रहन्छ । भिडियो गेमप्रति उनको लगाव तथा सफलता देखेर आफुहरु अचम्ममा पर्ने गरेको ग्रिफिनका बाबुआमा बताउँछन् । भिडियो गेम खेलेरै युट्युबबाट गरेको मोटो आम्दानीका कारण ग्रिफिनका लागि एकजना वित्तिय सल्लाहार तथा एकजना लेखापाल पनि नियुक्त गरिएको छ । स्मरण रहोस् गवर्ष फोर्टनाइड गेममा एकजना चर्चित खेलाडिलाई हराएसँगै ग्रिफिट चर्चामा आएका थिए । उनले उक्त खेलको भिडियो युट्युबमा अपलोड पनि गरेका थिए । जसलाई ७५ लाखले हेरेका थिए । सोही भिडियोको भ्यूजका कारण पहिलोपटक उनलाई १ सय डलर आम्दानी भएको थियो । त्यसपछि उनको आम्दानी लगातार बढ्दै गएको छ ।
ग्रिफिनका बुवाआमाका अनुसार उनले ३ वर्षको छँदादेखि नै भिडियो गेम खेल्न सुरु गरेका थिए । भिडियो गेमप्रतिको उनको लगावलाई मध्यनजर गर्दै उनको स्कुल पनि छुटाइएको छ । अहिले उनले घरबाटै अनलाइन माध्यमबाट पढ्ने गर्दछन् । साथै भिडियो गेम खेलेरै घरमा बसीबसी करोडौँ कमाई पनि गरिरहेका छन् ।


















