यी दश टाेली विश्वकपकाे नकआउट चरणमा प्रवेश

37

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा समूह चरणअन्तर्गत अन्तिम चरणका खेल आधा सकिँदा नकआउट चरणमा जाने १० टोलीको टुंगो लागेको छ।

जसमा समूह ‘ए’बाट नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका छन्। न्दरल्याण्ड्स ७ अंकसहित सममूह विजेता बनेर अन्तिम १६ मा पुगेको हो। सेनेगल भने ६ अंकसहित समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो।

यो समूहबाट आयोजक कतार र इक्वेडर बाहिरिएका छन्। कतार अन्तिम खेलअघि नै बाहिरिएको हो। कतारले सबै ३ खेल हारेको छ। इक्वेडर भने ४ अंक जोड्नका बाबजुद समूहमा तेस्रो हुँदै बाहिरिएको हो।  यस्तै, समूह ‘बी’बाट इंग्ल्याण्ड र अमेरिकाले नकआउट चरणको टिकट काटे। इंग्ल्याण्ड ७ अंकसहित समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्दा अमेरिका ५ अंकसहित उपविजेता बनेको हो।

यो समूहबाट वेल्स र इरान बाहिरिएका छन्।  यसैगरी, समूह ‘सी’बाट अर्जेन्टिना र पोल्याण्ड प्रि–क्वार्टरफाइनलमा पुगेका छन्। अर्जेन्टिना ६ अंकसहित समूह विजेता बन्दा ४ अंक जोडेको पोल्याण्ड उपविजेता बनेको हो।

यो समूहबाट साउदी अरेबिया र मेक्सिको बाहिरिएका छन्। एसियाली राष्ट्र साउदी अरेबिया पहिलो खेलमा दाबेदार अर्जेन्टिनालाई पराजित गर्नका बाबजुद बाँकी २ खेल हारेपछि प्रतियोगिताबाट बाहिरिएको हो। यस्तै, मेक्सिको पोल्याण्डसँग समान ४ अंक हुनका बाबजुद गोल अन्तरका आधारमा पहलो चरणबाटै बाहिरिएको हो।

यसैगरी, समूह ‘डी’बाट फ्रान्स र एसियाबाट छनोट भएर विश्वकप खेलेको अष्ट्रेलिया अन्तिम १६ मा पुगेका छन्। फ्रान्स ६ अंकसहित समूह विजेता बन्दा अष्ट्रेलिया ६ अंक बनाउनका बाबजुद गोल अन्तरमा पछि पर्दै उपविजेता बनेको छ। यो समूहबाट डेनमार्क र ट्युनिसिया बाहिरिएका छन्। साविक विजेता फ्रान्सलाई अन्तिम खेलमा पराजित गर्नका बाबजुद ट्युनिसिया बाहिरिएको हो।

अब समूह ‘ई’, ‘एफ’, ‘जी’ र ‘एच’का अन्तिम खेलहरू हुन बाँकी छन्। तर, समूह ‘जी’ र ‘एच’बाट एक खेलअगावै ब्राजिल र पोर्चुगल अन्तिम १६ मा पुगिसकेका छन्। सबै १६ टोलीको टुंगो शुक्रबार मध्यराति लाग्नेछ।

त्यस्तै, ‘एफ’मा रहेको क्यानडा असअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ। यससँगै ९ वटा देश प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here