सरकारलाइ कोरोना भन्दा बिप्लव नेकपालाई गिरफ्तारीमा सफलता

189
काठमाडाैं – बिश्वका २ सय १० राष्ट्रहरु कोरोना भाईरस संक्रमणका बिरुद्ध अभियानमा सक्रिय भैरहेका र बिजय हासिल हुने कुनै संकेतसमेत नदेखिएको अवस्थामा भर्खरै संक्रमणको प्रभाव बिस्तार हुँदै गरेको हाम्रो देश नेपालमा भने  डबल नेकपाको सरकारले कोरोना संक्रमणकै सवालमा जनचेतना जागरण गराउँने अभियानमा लागेको सिंगल नेकपाका नेता र कार्यकर्ताहरुलाई धमाधम पक्राउ गरेर बहादुरी देखाउन सफल भएको छ । 

सरकारले मार्क्सजयन्तीकै दिन सिंगल नेकपाका नेता र कार्यकर्ताहरु देशका विभिन्न जिल्लाहरुमा गरि दर्जनौको संख्यामा पक्राउ गरिएका छन् । कोहीलाई राहत बितरण गर्दै गर्दाको अवस्थामा त कोहीलाई घरभित्र सुतिरहेका अवस्थामा पक्राउ गरिएको जनाईएको छ ।

सिंगल नेकपाका पोलिटब्यूरो सदस्यसमेत रहेका राजनीतिक बिश्लेषक एबम् पत्रकार अनिल शर्मा बिरहीलाई माक्र्सजयन्तीका दिन  चितवनस्थित अस्पतालमा उपचार गराईरहेकै अवस्थामा पक्राउ गरिएको छ । नेता बिरही पक्राउ परेकै दिन चितवन जिल्ला इञ्चार्ज बिजय पनि पक्राउ परेको जनाइएको छ । कतिपय कार्यकर्ताहरु माक्र्र्सजयन्तिकै दिन  पक्राउ गरिएका छन् । केहीलाई भने स्थानीय प्रशासनले रिहाई गरेपनि अदालत परिसरबाटै प्रहरीले बेपत्ता बनाएको पाईएको छ ।

सिंगल नेकपाका ईलाम जिल्ला इञ्चार्ज पुष्प कोईराला,पासाङ तामाङ र पासाङ सेर्पालाई भने घरमा सुतिरहेका अवस्थामा पक्राउ गरिएको जनाइएको छ । यता कपिलवस्तु जिल्ला प्रशासनले रिहाई गर्न आदेश दिए पनि जिल्ला प्रशासन कार्यालय परिसरबाटै पुरण ओली पुनः पक्राउ गरिएका छन् । सरकारले कोरोना बिरुद्द बिजय पाउन नसके पनि बिप्लव नेतृत्वको नेकपाका नेता र कार्यकर्ताहरुलाई भने कोरोना भाईरसबाट पीडित जनतालाई सहयोग गर्दे अभियानमा क्रियाशील रहेका अवस्थामा पनि बहादुरीका साथ पक्राउ गर्न सफलता हासिल गरेको छ ।

 प्रतिशोधात्मक कार्वाही स्थगित गरेको घोषणा सार्वजनिक गरी नेता र कार्यकर्ताहरुलाई कोरोना संक्रमणबाट पीडित जनताको सेवामा लाग्न निर्देशन गरेपछि भैरहेको सरकारी धरपकडबारे भने  बिप्लवले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here