देशमा काेभिड १९ संक्रमित १०२ नाघ्यो

113

काठमाडौं –  कपिलबस्तुमा दुईजनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा कपिलबस्तु नगरपालिका-८, का १६ र २२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कपिलबस्तुमा दुईजनासँगै देशैभर संक्रमितको संख्या १ सय १ पुगेको छ ।

SHARES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here