बनेपाबाट विदेशी नागरिक लुटपाट गर्ने तीन पक्राउ

27

काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् ।

उनीहरुले चक्कु देखाएर बनेपामा इटाली र जर्मनीका नागरिकका सामान लुटपाट गरेको आरोप प्रहरीले लगाएको छ ।

उनीहरुलाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here