कपिलवस्तु । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं २ पिपरामा तीन बर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत फिजियोथेरापी (DPT) तथा १८ महिने प्रि डिप्लोमा कार्यक्रम अन्तर्गत सर्वे इन्जिनियरिंग (AMIN) मा दशै तिहारको अवसरमा विशेष छुटका साथ भर्ना हुन् चाहने लाई राम्रो अवसर भएको कपिलवस्तु टेक्निकल इन्स्टिच्यूट प्रशासनले जानकारी दिएको छ ।
२०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इन्स्टिच्यूट लुम्बिनी प्रदेशमै राम्रो नतिजा ल्याउने र आफ्नै सम्पूर्ण पूर्वाधार भएको महेन्द्र राजमार्गको शान्त वातावरणमा अवस्थित रहेको छ। २०५४ साल देखि CMA/ANM/CMLT/Amin १८ महिने कार्यक्रम संचालित रही यही २०७९ बाट HA/CMLT/DPT ३ बर्षे कार्यक्रम पनि संचालन रहेको छ र निकट भविष्यमा फार्मेसी DP कार्यक्रम पनि संचालनको तयारीमा रहेको कलेज प्रशासनले जनाएको छ।
विदेश जान चाहने र स्वदेशमा फिजियोथेरापीहरु (DPT) को समेत अत्याधिक माग रहेको हुनाले सिमित अवधि भित्र सम्पर्क गर्न सूचना जारी गरेको छ, यस कपिलवस्तु टेक्निकल इन्स्टिच्यूट बाट अध्ययन गरेका विद्यार्थी हरू सरकारी सेवा का साथै विभिन्न स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्दै आएको स्वास्थ्यको जानकारहरु बताउछन्।
नजिकिदै गरेको दशै, तिहार तथा छठको अवसरमा विद्यार्थी, शिक्षक, कर्मचारी, राजनीतिज्ञ, लगायत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा कपिलवस्तु टेक्निकल इन्स्टिच्युट प्रमुखले शुभकामना व्यक्त गरेका छन्।
















