दाहालको निर्देशनमा सिडी बिजयको ‘तिमीसँग छुट्टिएर’ सार्वजनिक

178

काठमाडाैं । लगातार भिडियो निर्माण तथा सार्वजनिक गरिरहेका निर्देशक सुमन दाहालले फेरी अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

गत सातामात्र ‘यो जीवन तिम्रो’ बोलको गीतको भिडियो सार्वजनिक गरेका निर्देशक सुमन दाहालले माघे संक्रान्तिको अवसर पारेर अर्को भिडियो ‘तिमिसंग छुट्टिएर’ सार्वजनिक गरेका छन् ।

खाने मुखलाई जुङ्गाले छेक्दैन भने झै जहाँ रहेपनि आफ्नो कर्ममा सकृय निर्देशक दाहालको निर्देशन रहेको सचेतनामुलक सर्ट फिल्म सार्वजनिक हुने तयारीमा रहेको छ ।

उनले कल्पना पाठकको शब्द, गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको ‘तिमीसँग छुट्टिएर’ गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

निर्देशक सुमन दाहालले अमेरिकाको लेक्सिन्टन क्षेत्रमा छायाँकन गरेर त्यहींबाट यो भिडियो रिलिज गरेको बताए । गीतको भिडियोमा राजु भण्डारी र निश्मा चापागाईंको मुख्यभूमिका रहेको छ ।

वियोगान्तभावको यो गीतमा संगीत संयोजन राजु कार्कीको छ । गीतको भिडियो सम्राट क्रियसन युट्युवच्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here