फागुनमा दोस्रो टोखा महोत्सव हुने

180

काठमाडौं /  एैतिहासिक नगरी टाेखामा आउँदाे फागुन २३ देखि २५ गतेसम्म दोस्रो टोखा महोत्सव हुने भएको छ ।

उक्त महोत्सव तयारीको बारेमा जानकारी दिने उद्देश्यले शनिवार हलि नेवा गुथि तोखाका अध्यक्ष देवराज डंगोलको अध्यक्षतामा बसेको बैठकमा नेपाल भ्रमण वर्ष २०२० अवसरमा टोखा नगरपालिकासँगको सहकार्यमा दोस्रो टोखा महोत्सव आयोजना हुन लागेको जानकारी  गराएको थियो ।

महोत्सवको बारेमा स्थानीय जनप्रनिधिनि तथा संघसंस्थाका प्रतिनिधिहरुसँग बसेको पहिलो बैठकबाट टोखा नगरपालिकाको समग्र संस्कृति, धार्मिक, पर्यटन प्रवर्द्धन गर्ने मूलभूत उद्देश्य सहित टोखा नगरपालिकाको दोस्रो टोखा महोत्सव सांस्कृतिक संरक्षित क्षेत्र टोखा गर्ने निर्णय गरिएको थियो । महोत्सवका लागि आवश्यक तयारी एवं उप समितिमा गठन गर्ने प्रकृया अगाडि बढाउने समेत बैठकबाट निर्णय गरिएको थियो ।

बैठकमा पहिलो महोत्सवमा भएको कमिकजोरीलाई सुधार गरी अझ व्यवस्थित रुपमा अगाडि बढ्नु बैठकमा उपस्थितहरुले सुझाव दिएका थिए । आवश्यक पुर्वाधारको निर्माण तथा व्यवस्थापनमा ध्यान दिनु पर्नेमा समेत जोड दिएका छन् ।

उक्त बैठकमा टोखा न.पा २ का वडाध्यक्ष दीपकराज जोशी, ३ का कार्यवाहक वडाध्यक्ष हरिमान श्रेष्ठ टोखा साँस्कृतिक संरक्षित विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ सहित टोखाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here