एक दिन विश्वमा १९ लाख ४२ हजारभन्दा बढीमा कोरोना

38

काठमाडौं  । विश्वभर पछिल्लो २४ घण्टामा १९ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वल्डोमिटरस डट इन्फोको तथ्याङ्क अनुसार विश्वमा एकै दिन १९ लाख ४२ हजार ४८ जना सङ्क्रमित थपिएका हुन् ।

योसँगै विश्वमा ३२ करोड ८६ लाख ७७ हजार ७०८ जना कोरोनाबाट सङ्क्रमित भएको वल्डो मिटरसले उल्लेख गरेको छ । त्यस्तै विश्वमा एकै दिन तीन हजार ९९९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५५ लाख ५७ हजार ६०५ पुगेको छ । त्यस्तै २४ घण्टामा १० लाख एक हजार ७७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै विश्वमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २६ करोड ७६ लाख २२ हजार ९७४ पुगेको छ ।

वल्डोमिटकाका अनुसार अमेरिकामा दुई लाख ८७ हजार ९७३जना, भारतमा दुई लाख ५८ हजार ८९, युकेमा ७० हजार ९२४, फ्रान्समा दुई लाख ७८ हजार १२९ जना, इटालीमा एक लाख ४९ हजार ५१२ जनामा कोरोना पुष्टि भएको छ ।

बढ्दै एसियामा सङ्क्रमण दर
एसियामा मात्रै कोरोना भाइरसबाट एकै दिन पाँच लाख दुई हजार ४८० जना सङ्क्रमित भएका छन् । योसँगै एसियामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या नौ करोड तीन लाख ३९ हजार ८१२ पुगेको छ ।

त्यस्तै २४ घण्टामा एक हजार ९५५ जना सङ्क्रमितको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ । योसँगै एसियामा मृत्यु हुनेको सङ्ख्या १२ लाख ७१ हजार ३१३ पुगेको छ । २४ घण्टामा तीन लाख ३७ हजार १८८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै एशियामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ करोड ४५ लाख ६४ हजार ५५३ पुगेको छ ।

यस्तो छ युरोपको अवस्था
युरोपमा एकै दिन ७ लाख ९२ हजार ९२२ सय जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै युरोपमा सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ४२ लाख ३१ हजार १०७ पुगेको छ । त्यस्तै २४ घण्टामा एक हजार ६८९ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको सङ्ख्या १५ लाख ७२ हजार ६१५ पुगेको छ ।

एकै दिन युरोपमा तीन लाख ९२ हजार ३८३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै युरोपमा कोरोनामुक्त हुनेको सङ्ख्या आठ करोड १३ लाख ९१ हजार ८३४ पुगेको छ ।

अफ्रिका सङ्क्रमणदरको अवस्था
अफ्रिकामा एकै दिन १७ हजार १६३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै अफ्रिकामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक करोड चार लाख ८० हजार १५२ पुगेको छ । एकै दिन २४७ जनाको मृत्यु भएसँगै अफ्रिकामा मृत्यु हुनेको सङ्ख्या दुई लाख ३४ हजार ३८० पुगेको छ । त्यस्तै २४ घण्टामा ३१ हजार ४१२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९२ लाख ८३ हजार ९९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा आठ लाख ५३ हजार ७३८ जनाका कोराेना पुष्टि भएको छ ।

जसमध्ये आठ लाख १६ हजार ४३८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, ११ हजार ६२० जना सङ्क्रमितको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here