सहभागीता नम्बर ३२ काशीराम विरस ।

195

गजल १

जिन्दगीका पाइलाहरु संगसंगै चालौं लाग्यो ।
जिउनलाई केवल तिम्रै सहारामै थालौं लाग्यो ।

जति टाढा भयौ तिमी त्यति माया बढ्छ किन,
विछोडको पीडासंगै यो जोवन गालौं लाग्यो ।

भुल्ने कोशिस गर्दा मैले तस्वीर आंखासामु,
मनभरि कसैगरी तिमीलाई नै पालौं लाग्यो ।

हरपल विरस ले सुवासको आभाष पाउंदा,
सुवासलाई पछ्याउंदै मनको दियो वालौं लाग्यो ।

जिन्दगीका पाइलाहरु संगसंगै चालौं लाग्यो ।
जिउनलाई केवल तिम्रै सहारामै थालौं लाग्यो ।
०००

गजल २
काशीराम विरस

पर्खाइको घाम पनि कतिखेर लाग्छ कुन्नी ।
लालुपाते याम पनि कतिखेर लाग्छ कुन्नी ।

सम्झनाको दहतिर अलिकति डुवि हेरें,
उमंगको साम पनि कतिखेर लाग्छ कुन्नी ।

भेट हुंदा मुहारमा मन्द मन्द हांसो हुन्थ्यो,
त्यै हांसोको लाम पनि कतिखेर लाग्छ कुन्नी ।

बैचारिक आस्थावीच फुल्दो त्यो डबलीमा ,
विरस को नाम पनि कतिखेर लाग्छ कुन्नी ।

पर्खाइको घाम पनि कतिखेर लाग्छ कुन्नी ।
लालुपाते याम पनि कतिखेर लाग्छ कुन्नी ।
०००

नामः काशीराम विरस
ठेगानाःतौलाछें,भक्तपुर

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here