अब को बन्छ नयाँ सभामुख ?

240

काठमाडौं /   नयाँ सभामुख  बनाउने राजनीतिक गृहकार्य सुरु भएको छ ।

यौन दुव्र्यवहारमा आरोपित सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि हाल उपसभामुख भने कार्याबाहक सभामुख छ।

संवैधानिक प्रावधान अनुसार सभामुख- उपसभामुख एउटै दलका नहुने भएपछि नेकपा बाहेक अन्य दलले सभामुख पाउने भएका हुन् ।

यसअघि सभामुखमा माओवादी र उपसभामुखमा तत्कालीन एमालेले उम्मेदवारी दिएका थिए भने सोही अनुसार जीत पनि भएको थियो । तर अहिले भने दुवै दल मिलेर नेकपा बनिसकेको छ । अब नेकपाबाटै सभामुखको उम्मेदवार दिन पाइने छैन ।

यसकालागी नेपाली काँङ्ग्रेसबाट विजयकुमार गच्छदार र राजपाबाट शारतसिंह भण्डारी, राजकिशोर यादव वा लक्ष्मणलाल कर्ण मध्ये कोहि एक जना सभामुख बन्ने भएको छ । नेकपाले राजपालाई आफ्नो खेमामा मिलाउन सभामुख पद उसैलाई दिन सकिने श्रोतको दावी छ ।

नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भएकाले उस्ले सभामुख पाउने संभावना कम मानिन्छ । राजपामा समीकरण मिलाउन २ अध्यक्षहरु भण्डारी र यादव मध्ये कुनै एकलाई उम्मेदवार बनाउन सकिने श्रोताको दावी छ ।

यद्यपि यसबारे औपचारिक कुनै निर्णय भने भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here