महामारीका बीच बंगलादेशसँग मैत्रीपूर्ण फुटबलका लागि प्रशिक्षण

139

काठमाडौं – नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका बीच बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको राष्ट्रिय फुटबल टीमको बिहीबारदेखि प्रशिक्षण हुने भएको छ ।

२८ कात्तिक र २ मंसिरमा बंगलादेशले मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । प्रशिक्षणका लागि बुधबारसम्म सबै खेलाडीलाई काठमाडौं बोलाइएको प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्ले अनुमति दिएपछि प्रशिक्षण गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

कोरोना महामारीका कारण प्रशिक्षण अवधि छोटो भए पनि बंगलादेशविरुद्ध सकारात्मक नतिजा आउनेमा आफू विश्वस्त रहेको महर्जन बताउँछन् । फिफा वरीयतामा नेपाल १७० औं र बंगलादेश १८७औं स्थानमा छ ।

नियमित प्रमुख प्रशिक्षक जोहान कालीन कोरोना महामारीका कारण स्विडेनबाट फर्कन नपाएपछि महर्जनले मैत्रीपूर्ण खेलका लागि प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका हुन । किरण श्रेष्ठलाई सहायक प्रशिक्षक तथा विकास मल्ललाई गोलिकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

प्रशिक्षणका लागि  ३३ खेलाडी

अभिशेक रिजाल, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, रञ्जित धिमाल, विकेश कुथु, सुमन अर्याल, नवयुग श्रेष्ठ, सेसेहाङ्ग आङदेम्बे, जर्जपि्रन्स कार्की, विकास खवास, सरोज दाहाल, अमित तामाङ, सुवास गुरुङ, तेज तामाङ, अजित भण्डारी, रवी पासवान, सुनील वल, छिरिङ गुरुङ, आशिष लामा, अनन्त तामाङ, विक्रम लामा, मिक्चेन तामाङ, दिलेन लोक्तान, अञ्जन विष्ट, पुजन उपरकोटी, विमल राना, दिप कार्की, अरिक विष्ट, दर्शन गुरुङ, रोहित चन्द र किरण लिम्बु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here