-निमकान्त पाण्डे
रुस-युक्रेन युद्ध जारी छ । यस्लाई उत्तेजित बनाउन अमेरिका र युरोपियन मुलुकहरु जोड तोडका साथ लागिरहेका छन् ।युक्रेन भन्ने देश ३० वर्ष अघिमात्र जन्मिएको देश हो । यो देश कसरी जन्मियो भन्ने कुराले अहिलेको युद्धको अवस्थालाई बुझ्न सहयोग पुग्ने छ । त्यसैले यो देश कसरी जन्म्यो भन्नेबारे यहाँ चर्चा गर्न आवश्यक महशुस गरेको छु ।
धेरै लामो गन्थन नगरेर भन्नु पर्दा हालको रुसको बृहत आकार (सोभियतसँघ) । सोभियतसँघको बिघटन र नेटो सैन्य संगठनको बिघटनलाई मुख्य शर्त बनाएर सन् १९९१ मा अमेरिका र सोभियतसँघ बीच भएको ञसन्धिझ को परिणाम थियो युक्रेन भन्ने देशको जन्म । सोभियतसँघ त बिघटन भयो तर नेटो नामको अमेरिकी सैन्य संगठनको बिस्तार रोकिएन । बरु नेटोलाई बिस्तार गर्दै सोभियतसँघ बिघटनपछि जनमिएका युक्रेन लगायतका देशहरुलाई पनि आवद्ध गराउने अभियानलाई अमेरिकाले निरन्तरता दिंदै आयो । तत्कालीन सोभियतसँघले नै शक्तिशाली प्रान्तका रुपमा बिकसित गराएको युक्रेनमाथि नेटोको बिशेष दवाव हुन थालेपछि सोभियतसँघले नै बिकसित गरेको सैन्य हैसियत र सामरिक महत्वको आफैले जन्माएको यो देशमा नेटोको आगमनको सम्भावना बढेर गएको अवस्थाले रुसलाई झस्काउनु स्वाभाविक थियो । रुस,वेलारुस,पोलेंड,सोल्भाकिया,हंगेरी,व्लाक सी र अजोव सी ले घेरिएर रहेको युक्रेनको ठुलो छिमेकी मुलुक रुस नै हो ।जस्ले युक्रेनलाई आकर्षक र शक्तिशाली बनाएको हो । अहिले यही युक्रेनलाई रुसले ध्वस्त बनाएर उस्को सैन्य उन्मादलाई तह लगाउन आवश्यक महशुस गरेको छ । तर यही कारणबाट यो द्वन्दले तेस्रो विश्वयुध्दको रुप लिने त हैन भन्ने आशंकाले विश्वका सचेत नागरिकमा ठुलो चिन्ता र चासो वढाईरहेको छ।
सन १९९१ मा शोभियतसँघबाट स्वतंत्र हुने वित्तिकै युरोपियन युनियनको सदस्यता बनाउन र नेटोको सदस्य बनाउन अमेरिका र युरोपियन मुलुकका सरकारहरु लागिपरेका छन् । नेटो एउटा सैनिक र आर्थिक गठवंधन हो। यसमा खासगरी अमेरिका ,क्यानाडा बेलायत,जर्मनी,फ़्रान्स लगायतका देशहरु सदस्य रहेका छन । ती सवै देशसँग रुसको आशंका हुनु स्वाभाविक नै हुने भयो । ती देशहरुलाई आफ्नो नजिक ल्याएर रुसले खतरा मोल्न चाहदैन।हाल करिव १६०० किलोमिटरको दुरीमा रहेको नेटो गठवंधनमा युक्रेन सामिल भएमा यो दुरी ६४० किलोमिटर मात्र हुनेछ।सोभियतसंघको विघटनमा युरोपियन युनियन र नेटो गठवंधनको महत्वपूर्ण हात रहेको कारणबाट पनि रुसले युक्रेनलाई वाहिर उम्कन दिन नहुने ठान्दछ।लेनिनको भनाई अनुसार ञयुक्रेन र रुस शरीर र टाउको हुन् । रुसको पंजावाट युक्रेन वाहिर जानु भनेको शरीरवाट टाउको अलग हुनु हो।झ सन १९१४ सम्म युक्रेनमा रहेको क्रिमिया हाल रुसमा सामेल भएको छ ।युक्रेनसंग ११ लाख सैनिक छन् भने रुससंग २९ लाख सैनिक छन् । रुससंग १ हजार ५ सय ११ वटा ठूला लडाकु जेट फ़ाईटर छन् भने युक्रेनसंग ९८ वटा छन् ,युक्रेनसंग अन्य वम वर्षक विमान ३४ छन भने रुससंग ५ सय ४४ छन् । सानो शक्ति भएको युक्रेनले आफ्नो नजिकको ठूलो शक्ति भएको छिमेकीलाई भन्दा धेरै दुरीमा रहेको अमेरिकाको निकटता बन्ने चाहना नै रुसको लागि असुरक्षाको महशुस हुने कारण बन्न पुग्यो र युक्रेनको बिनासलिला पनि यही कारणबाट सुरु भयो । नेपालको अवस्था युक्रेनकै जस्तो बनेको छ एमसीसी सम्झौताका कारणबाट ।
रुसले युक्रेनको आफ्नो सिमाना र व्लाक सीमा आफ्ना सैनिकहरु तैनाथ गर्नुका साथै हजारौं वमवर्षक विमानले युक्रेनका मुख्य शहर किभ र अन्य शहरहरुमा वम विष्फोटन गराएर जनमानसमा आतंक सृजना गराएको छ ।
हालसम्म युक्रेनमा १२र १५ हजार जति सैनिक हताहत भई सकेका छन्। युक्रेनको ठुलो आणविक भट्टी पुरै जलेर नष्ट भएको छ।युरोपियन मलुक लगायत नेटोमा आबद्ध देशहरु र संयुक्त राष्ट्रसंघसंग युक्रेनले गुहार मागिरहेको छ, उनीहरु पनि ञपर्ख र हेरझको स्थितिमा रहेका छन। उता रुसका राष्ट्रपति ब्लादिमिर पुटिनले युक्रेनलाई सहयोग गर्ने देशलाई पनि रुसको शत्रुराष्ट्रको रुपमा ब्यवहार गरिने छ भनेर चेतावनी दिईरहेका छन् । युद्धलाई भड्काउन अमेरिकी सेना प्रमुखले हालैमात्र गोप्य रुपमा युक्रेनको भ्रमण गरेर युक्रेनको सेनालाई सहयोगको आश्वासन दिएको खबर बाहिरिएपछि पुटिन थप आक्रोशित बनेका छन् । अमेरिकाले युक्रेनलाई नेटोको सदस्य नबनाउने प्रतिवद्धता र युक्रेनले पनि नेटोको सदस्य नबन्ने प्रतिवद्धता ब्यक्त गर्ने हो भने युद्धको खतरा समाप्त भैहाल्ने अवस्था छ । तर अमेरिकी शासकहरुको शक्ति उन्मादले बिश्व युद्धको खतरालाई निम्त्याईरहेको छ ।
संयुक्त राष्टसंघको सुरक्षा परिषदको वैठक वसि रुसलाई एकतर्फी रुपमा युध्द रोक्न आग्रह गरियो । तर पनि रुसले युध्द रोक्ने कुनै लक्षण देखाएको छैन । वरु अमेरिका युक्रेनलाई सहयोग गर्न आएको खण्डमा चीन र उत्तर कोरियाले कुनै पनि समय रुसलाई साथ दिने सम्भावना रहेको देखिन्छ। जेलेन्स्किलाई आत्मसमर्पण गराउने वा युक्रेनमा नयाँ सरकार निर्माणको आधार तयार गरेर रुसबिरुद्ध नेटोका गतिबिधिलाई निस्तेज गर्ने चाहना नै पुटिनको रहेको बुझिन्छ । तर अमेरिकाले सहमतिको संकेत गरेको छैन ।
रुस(युक्रेन युद्धबाट नेपाल जस्तो तीन तिरवाट भारतले र एकातिर चीनले घेरेर रहेको भुपरिवेष्ठित मुलुकले शिक्षा लिनु जरुरी छ। दुई ठूला मुलुक जसकाबीच कैयौं ठाउँमा सिमा विवादहरु रहेका छन् ,दुवै देशहरु फरक आस्था,दर्शन,विचार र मान्यता लिएर अगाडि वढिरहेका छन् । यी दुवैवीच कुनै पनि वेला युध्द हुन सक्ने प्रशस्त सम्भावना रहेका छन ।छिमेकी देश भारत अमेरिकी आईपिसको सदस्य भैसकेको छ भने नेपालले उत्तरको छिमेकीको विआरआईमा हस्ताक्षर गरेको छ।विआरआईमा दक्षिणको छिमेकी भारत संलग्न छैन । आईपीएसको अंगका रुपमा बुझिएको ःऋऋ लाई हालैमात्र नेपालको संसदले अमेरिकाको ब्यापक दवावका बीच नाटकीय ढंगबाट बाध्यताबस् अनुमोदन गरेको छ।अनुमोदन गर्दा प्रतिनिधिसभामा प्रस्तुत गरिएको १२ बुँदे ब्याख्यात्मक घोषणाले नै एमसीसी सम्झौतामा नेपालको संसदले सार्वभौम भएर सहमति गरेको होईन, छैन भन्ने कुरा स्पष्ट गरेको छ । अमेरिकाले एमसीसी कानूनमै ःऋऋ लाई आईपिएसको अभिन्न अंग भनिरहेको छ भने यसमा संलग्न केही पूर्व प्रधानमंत्री र सरकारले समेत ःऋऋ मार्फत आउने सहयोगलाई शुद्ध अनुदानको रुपमा अर्थ्याएर भ्रम छर्ने काम गरिरहेका छन्। तर सडकमा जनताले जागरुक बनेर एमसीसीलाई अस्वीकार गरिरहेका छन् ।
एमसीसीलाई संसदबाट पारित गराएको नाटक मञ्चन गरेर अमेरिकाले नेपाललाई युद्ध मैदान बनाउने चाहना गरेको कुरा नेपाली जनताले र नेपालका सबै नेताहरुले पनि बुझेका छन् । नेताहरु अमेरिकाको दवाव र धम्किबाट डराएर नै एमसीसी संसदबाट मतदान नै नगराएर राणाकालीन शैलीमा हुन्छ र हुन्न भन्ने आवाज सुनेको भरमा पारित भएको घोषणा गरियो । अमेरिकाले निर्लज्ज भएर त्यस्तो नाटकलाई संसदको सार्वभौम भन्दै स्वागत गरेको छ । यो घटनाबाट संसदीय ब्यवस्था साम्राज्यबादीहरुको दलाल ब्यवस्था हो भन्ने सत्य थप प्रमाणित भएको छ । आगे सबैलाई चेतना भया !















