वडा नम्वर ९ मा वडा भेला

168

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ ले आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्न वडा भेला गरेको छ । वडाध्यक्ष घनश्याम ढकालको अध्यक्षतामा भएको भेलामा स्थानीय जनताहरुले विभिन्न योजनाका वारेमा छलफल गरेका थिए । भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख घनश्याम पाण्डेले नागरिकलाई वडाले प्रभावकारी सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको उनल जनाए ।

कामलाई प्रभावकारी वनाउनका लागि साउनबाट काम सुरु गर्ने गरी उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको कार्यक्रमलाई अगाडि वढाएको उनको भनाई थियो । आवश्यकता पहिचान गरेर मात्रै योजना छनोट गर्नमा सबैले ध्यान दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

सो अवसरमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा दोघरे माविमा २ वर्षदेखि निशुल्क अध्यापन गराउँदै आएको भन्दै शिक्षक नारायण , भट्टराई, निर्माण कार्यलाई प्रभावकारी ढँगले अगाडि वढाएको भन्दै शिवज्योति टोललाई सम्मान गरिएको थियो भने राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने केशर खत्री र करुणा रिजाललाई जनही ५ हजार सहित पुरस्कृत समेत गरिएको थियो ।

वडा सदस्य रुपलाल चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव गणेश आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here