काठमाडौं / नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले राज्यलाई नै कम्युनिष्ट बनाउन खोजिरहेको आरोप लगाएका छन् । उनले कम्युनिष्ट राज्य आफूहरुलाई स्विकार्य नहुने चेतावनी दिएका छन् ।
बिहीबार ग्लोवल युथ एलायन्सले काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेता निधिले कम्युनिष्ट सरकार स्वीकार्य भएपनि र कम्युनिष्ट राज्य भने स्वीकार्य नहुने जनाएका हुन् । नेता निधिले लोकतान्त्रिक मुल्य र मान्यता विपरित अब विदेशबाटै साशन सञ्चालन गर्ने जस्ता गैरजिम्मेवार पूर्ण व्यवहार भएको भन्दै यसको सबैले विरोध गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका अर्का नेता एनपी साउदले गौरवशाली इतिहास बोकेको नेपाली काँग्रेसमा अब युवाशक्तिको आवश्यक रहेको जनाउँदै समयको मागसँगै समृद्धि र विकासका लागि अब नयाँ पीडिलाई अवसर प्रदान गर्न ढिलाई गर्न नहुने सुझाव दिए ।

















