अनुमति बिना भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थालाई राष्ट्र बैंकले कारवाही गर्ने

170

काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका संस्थाहरुलाई बैंकले कारवाही गर्ने भएको छ।

भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाइने प्रावधान रहेकोमा केही संस्थाहरुले अनुमति नलिई यस्तो कार्य गर्दै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अनुमति नलिई भुक्तानी सम्बन्धि कार्य गर्नु गैर कानुनी भएकाले त्यस्ता कार्य गर्ने सबैलाई प्रचलित कानुन बमोजिम कारवाही हुने केन्द्रीय बैंकले जनाएको छ। त्यस्तै केन्द्रीय बैंकले अनुमति प्राप्त संस्थाहरुबाट मात्र भुक्तानी कार्य गराउन सबैलाई आग्रह गरेको छ। मेरो लगानीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here