उदयपुर – उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने भएको छ ।
निको भएका ८ जनामध्ये एक जना भारतीय पनि छन्। यसअघि पनि कोसी अस्तपालमै उपचाररत ६ जना संक्रमित निको भएका थिए।
संक्रमित व्यक्ति निको हुनलाई २४ घण्टाभित्र दुइटा नतिजा नेगेटिभ आउनुपर्छ।
उदयपुरमा मात्र २८ जना संक्रमित देखिएका थिए। जसमा १५ जना निको भएका छन्। थप १३ जना अस्पतालमै छन्।
योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ। तर निको भएका तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ। नेपालमा अहिलेसम्म ९९ जनामा संक्रमण भएको छ ।


















