काठमाडौं । विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै ग्राण्ड्सलाम उपाधि संख्या १९ पुर्याएका छन्।
सर्बियन खेलाडी जोकोभिचले ग्रीसका स्टेफानोस सिसिपासलाई रोमाञ्चक खेलमा ३-२ ले हराएर उपाधि जिते । उनले रोनाल्ड ग्यारोमा उपाधि जितेको यो दोस्रो पटक हो ।
फ्रेन्च ओपन उपाधिसँगै जोकोभिक सर्वाधिक ग्राण्ड्सलाम जित्ने रोजर फेडेरर र राफेल नाडलभन्दा एक उपाधिले मात्र पछि छन् । फेडेरर र नाडालले समान २० ग्रान्डस्लाम जितेका छन् ।


















