कर्णाली प्रिमियर लिग वैशाख १२ गते देखि शुरु

85

काठमाडौं / आगामी वैशाख १२ गतेदेखि २१ गतेदेखि कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेटको दोस्रो संस्करण हुने भएको छ । आयोजक कर्णाली क्रिकेट एकेडेमीका अध्यक्ष रेशम शाहीले दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग ब्यस्त कार्यतालिका भएको कारण वैशाख १२ देखि २१ गतेसम्म आयोजना गर्नु परेको जानकाुरी दिनु भयो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता ११ गते सम्म हुने भएको छ । आठौं लगतै कर्णाली प्रिमियर लिग हुन लागेको हो ।

प्रतियोगिता वीरेन्द्रनगरको कालुङचोक क्रिकेट मैदानमा हुने भएको छ । पहिलो संस्करणको विजेतालाई तीन लाख पुरस्कार राशी राखिएको थियो । यस पटक वृद्धि हुने अध्यक्ष शाहीले बताउनु भयो । उनले, ‘यो पटकको संस्करणमा विजेताले ५ लाखभन्दा माथि नगद पुरस्कार पाउने छ । अहिले हामी कामको अन्तिम चरणमा छौ । केही दिनपछि पुरस्कार राशी घोषणा गर्छौ ।’

आर्मी, पुलिस र एपीएफसँगै मेहन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लालिगुराँस क्रिकेट एकेडेमी झापा, मध्यपश्चिम क्रिकेट एकेडेमी बाँके, कर्णाली एघार र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं टोलीसहित ८ टिमले भाग लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here