युरोपा लिगमा बेन्फिकाका जोएओ फेलिक्सको नयाँ कीर्तिमान

154

एजेन्सी / युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति क्वाटरफाइनलको पहिलो लिग खेलमा बेन्फिकाका १९ वर्षोय जोएओ फेलिक्सले युरोपा लिगमा कम उमेरमा ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । फ्र्याँकफर्ट ४-२ ले पराजित भएको खेलमा फेलिक्सले ह्याट्रिक गरेका हुन् । उनले पहिलो गोल २१ औँ मिनेटमा पेनाल्टीबाट गरेका थिए । त्यसपछि उनले क्रमशः खेलको ४३ र ५४ औँ मिनेटमा गोल गर्दै कम उमेरमा ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाए।

ह्याट्रिक गर्दा उनको उमेर उनी १९ वर्ष १५२ दिनका थिए । यसअघि यो कीर्तिमान डाइनामो जाग्रेबका मार्को जाकाको नाममा थियो । उनले सन् २०१४ मा युरोपा लिग अन्तर्गत सेल्टिकसँगको खेलमा १९ वर्ष २१९ दिनको हुँदा ह्याट्रिक गरेका थिए ।

त्यस्तै बेन्फिकाका लागि रुवेन डिएसले ५० औँ मिनेटमा एक गोल गरेका थिए ।  हिजोको खेलमा ४ गोल खाएको फ्र्याँकफर्ट फर्काएको थियो। उसका लागि ती गोल क्रमशः खेलको ४० औं र ७२ औं मिनेटमा जोविक र मेन्डेस पासिएन्सिएले गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here