काठमाडौ, अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि लिवियामा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय तथा त्यहाँमा कार्यरत कर्मचारीको सुरक्षा त्रिपोलीमा तैनाथ नेपाली शान्ति सेनाले गरिरहेको ।
द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौज तथा भारतीय फौज समेत राजधानी त्रिपोलीबाट हटाएको छ । नेपाली सेनाले भने थप जिम्मेवारी लिएर जिम्मेवारीमा खटिएको छ । पछिल्ला केही दिन यता लिवियाबाट नेपाली शान्ति सेना फर्किने समाचार आइरहेका बेला नेपाली सेनाले भने त्यसको खण्डन गरेको छ ।
नेपाली सेनाले अन्तर्राष्ट्रिय समुदायको नेपाली शान्ति सैनिक प्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको जनाएको छ । मिशन हेड क्वाटर लिबियामा नै रहेको अवस्थामा नेपाली शान्ति सैनिक लिबियाबाट फिर्ता हुन लागेको भनि संप्रेषित समाचार गलत भएको नेपाली सेनाले जनाएको छ ।


















