एजेन्सी / म्यानचेस्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई २–१ गोल अन्तरले हराउन सफल भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेल जितेसँगै म्यानचेस्टरले शीर्ष चारमा पर्ने सम्भावना जीवित राखेको छ । खेलको १९ औं मिनेटमा म्यानचेस्टरका पउल पोग्बाले पेनाल्टीबाट मार्पmत गोलको शुरुवात गरेका थिए ।
यस्तै खेलको ४९ औं मिनेटमा फिलिपे एन्डर्सनले वेष्ट ह्यामका बराबरी गोल फर्काएका थिए ।
खेलको पहिलो हाफ बराबरीमा सकिएता पनि म्यानचेस्टरले ८० औं मिनेटमा अर्को पेनाल्टी पाएपछि जित आफ्नो नाममा गर्यो। सो पेनाल्टीमा पनि पोग्बाले नै हानेका थिए। जितपछि म्यानचेस्टर युनाइटेडले ३३ खेलबाट ६४ अंक जोडेको छ। ऊ लिगको पाँचौँ स्थानमा उक्लिएको छ ।
















