सरकारले जनतालाई हेर्छ : प्रधानमन्त्री ओली

197

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाउने  घोषणा गरेका छन् । आइतबार काठमाडौंमा विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै वृद्धभत्ता बढाउने घोषणा गरेका हुन् ।

उनले भने,‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ। वृद्धभत्ता ले आयु बढाएको छ । बाँच्ने मनोवैज्ञानिकमा सकारात्मक असर परेको छ । मेरो काम मुर्छित सपना व्यँताउने हो । यो देश विकासको बाटोमा जान्छ । यो देशको सरकार जनताको सरकार हो । सरकारले जनतालाई हेर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here