नेपाली बजारमा भित्रियो ‘डेष्टिनी १२५’ स्कूटर

224

नेपाली बजारमा आई थ्री एस प्रविधिसहितको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ भित्रिएको छ। हिरो मोटरकर्प लिमिटेडले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ लञ्च गरेको हो।

ग्राहकको चाहनालाई ध्यानमा राखेर सो प्रविधि जडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भार्गभले जानकारी दिए। अत्याधुनिक प्रविधियुक्त सो स्कूटर नेपाली बजारमा उपयोगी हुने कम्पनीको विश्वास छ। डेष्टिनी १२५ स्कूटरको मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ।

भारतीय बजारमा विक्री खुला गरिएको सो स्कूटरको लोकप्रियता बढेर गएकाले नेपालमा पनि त्यसलाई भित्र्याइएको दावी गरिएको छ। सो स्कूटरमा बाहिरैबाट इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाईल चार्ज गर्न मिल्नेलगायतका विशेष सुविधिहरु पनि रहेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here