विमान दुर्घटना भएर घरमाथि खसेपछि……

144

चिली  / मङ्गलबार बिहान चिलीस्थित आर्किपेलागोस कम्पनीको हवाई जहाज  दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।आइल्यान्डर बीएन–२ बी–२७ विमान दुर्घटना भएको हो।

पुर्टोमोन्ट शहरका प्रमुख ह्यारी जुर्गेन्सेनले उक्त विमान उड्नासाथ दुर्घटना भएको जानकारी दिनुभयो । बिमान दुर्घटना भएर एउटा घरमा खसेपछि त्यहाँ रहेकी एक महिला घाइते भेटिएको बताइएको छ । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

बिमानको ब्लाकबक्स भेटिए पनि दुर्घटनाको कारण खुलेको छैन । नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको छानबिन शुरु भइसकेको जनाएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here