एलनिनोको प्रभावले मौसममा व्यापक बदली

195

काठमाडौं – विगतमा वर्षमा चैत–बैशाखमा पर्ने पानी दुई–चार पटक परेर टुंगिन्थ्यो। उखरमाउले गर्मीपछि जेठको अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्रन्थ्यो तर पूर्व मनसुन अर्थात् प्रि–मनसुन नै यो पटक भने वर्षाजस्तै भएको छ।

दक्षिण एसियाली मौसम प्रणालीमा निभएर नेपालमा यो वर्ष हिउँद सकिनेबित्तिकै सुरु भएको प्रि–मनसुन निकै बलियो बनेको मौसमविद प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार प्रशान्त महासागरको पूर्वीय, पश्चिमी र केन्द्रको वायुको तापक्रम र समुद्रको पानीको तापक्रमका आधारमा ‘एलनिनो’ वा ‘लानिना’ मौसम प्रणालीको अनुमान गरिन्छ।

तातो तापक्रम भएमा एलनिनो विकसित हुने र चिसो तापक्रम भएमा लानिना विकसित हुने छ। एलनिनो कमजोर रहँदा स्थानीय र अन्य वायुको प्रभाव थपिँदा पानी पर्ने क्रममा घटबढ भइरहन्छ। अहिले एलनिनोको प्रभावले पूर्व मनसुन बलियो भइरहेको मौसमविदहरुको भनाइ छ। गोरखापत्र दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here