लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

73

एजेन्सी / पोर्चुगिज क्लब पोर्टोविरुद्व सनसनीपूर्ण जित निकाल्दै इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्टोको घरेलु मैदानमा बुधबार राति भएको क्वार्टरफाइनलको खेलमा दोस्रो लेगमा लिभरपुल ४–१ गोलले विजय भएको छ ।

पहिलो लेगमा पोर्टोलाई २–० गोलले हराएको लिभरपुले समग्रमा ६–१ गोलको नतिजा निकाल्दै सेमफिाइनलमा पुग्न सफल भएको छ । अब सेमिफाइनलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनाको सामना गर्ने भएको छ । एकपक्षीय खेलमा २६ औं मिनेटमा अग्रता लियो । लिभरपुलका लागि साडियो मानले पहिलो गोल गरेका थिए । ६५औं मिनेटमा लिभरपुलका मोहमद सालाहले दोस्रो गोल गरेका थिए ।

त्यसपछि ६९औं मिनेटमा पोर्टोका इडर मिलिटाओले गोलगर्दै टोलीलाई खेलमा फर्काउने प्रयास विफल भयो । ७७औं मिनेटमा रोवर्टो फिर्मिन्होले गोलगर्दै लिभरपुलको अग्रता फराकिलो बनाए । त्यसैगरी खेलमा ८४औं मिनेटमा भर्जिल भान डिजिकले चौथो गोल गर्दै लिभरपुलको जित सहज बनाएका थिए । खेलअवधिभर लिभरपुलको दबाबमा परेको पोर्टो घरेलु मैदानमा लाज्जास्पद हार खेप्दै च्याम्पियन्स लिगबाट बाहिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here