इण्डियन प्रिमियर लिग: मुम्बईसंग दिल्ली ४० रनले पराजित

354
Mumbai Indians players celebrates the wicket of Delhi Daredevils player Mayank Agarwal during match 47 of the Vivo IPL 2016 (Indian Premier League) between Mumbai Indians and the Delhi Daredevils held at the ACA-VDCA Stadium, Visakhapatnam on the 15th May 2016 Photo by Vipin Pawar / IPL/ SPORTZPICS

इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

मुम्बईका लागि कुर्नाल पाण्ड्या अविजित ३७ रन जोड्दा क्विनटन डी ककले ३५ रन जोडे । यस्तै हार्दिक पाण्ड्याले ३२ तथा कप्तान रोहित शर्माले ३० रन बनाए । सूर्यकुमार यादवले २६ रन बनाए ।

दिल्लीका कागिसो राबडाले २ विकेट लिए ।

मुम्बईले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनायो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शले २० तथा क्रिस मोरिसले ११ रन बनाए । मुम्बईविरुद्ध पनि दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई खेलाएन ।

मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए ।

जितसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here